Logo

लकडाउन उल्लंघन गरे काठमाडौंमा कर्फ्यु लगाउने !



काठमाडौं, ७ जेठ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि यही जेठ २० गतेसम्मको लागि लकडाउन लगाएको छ । तर, पछिल्लो समय लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन् । काठमाडौं उपत्यकामा त झनै लकडाउन खुकुला बनाईएको गुनासोहरु आईरहेका छन् । मन्त्रिपरिषदको बैठकमा समेत प्रधानमन्त्रीले लकडाउन खुकुलो बनाईएको भन्दै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग गुनासो गरेका थिए ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज चार बजेको अध्यावद्यिक अपडेटअनुसार हालसम्म नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ । जसमा दुई जनाको निधन भएको छ । र, ४५ जना निको भएर घर फर्किएका छन् । हिजोमात्रै काठमाडौंमा तीन जनामा, ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोनाको संक्रमण देखिएको थियो । सरकारले काठमाडौंको लकडाउन खुकुलो भएको र नागरिकहरुले लकडाउन अवज्ञा गरेको भन्दै कडा कदम चाल्ने तयारी गरेको छ । सरकारले अब चाल्ने कदम काठमाडौं उपत्यकामा कर्फ्यु र स्वास्थ्य संकट घोषणा गर्नेसम्मको हुने स्रोतको दाबी छ ।

लकडाउन कडाईका साथ कार्यान्वयन गराउनेगरि अझै केही दिनसम्म सरकार पर्ख र हेरको रणनीतिमा छ । तर, लकडाउन कडाई गर्दापनि केही नलागे काठमाडौंमा निषेधाज्ञा जारी गर्नपनि पछि नहट्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको रणनीति छ । जुन कुरा काठमाडौंका सिडिओले सुरक्षासम्बन्धी बैठकमा राख्दै आएको पनि स्रोतको दाबी छ । File Photo



प्रतिक्रिया दिनुहोस्