Logo

प्रधानमन्त्री ओलीको बोली भारतीय सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशन प्रशारण



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा सिमाका विषयमा दिएको अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशित एवं प्रसारण गरेका छन् । इन्डियन एक्सप्रेसमा युवराज घिमिरेको बाइलाइनमा प्रधानमन्त्री के पी शर्मा ओलीले जुनसुकै हालतमा अतिक्रमित जग्गा आफ्नो नक्शामा समेट्ने प्रतिबद्वता लिएको भन्दै समाचार छापिएको छ ।

मंगलबार मन्त्रीपरिषद्बाट पारित भएको नयाँ नक्शाालाई सार्वजनिक गर्दै उनले उक्त क्षेत्र आफ्नै रहेको र कुनै हालतमा नछाड्ने प्रतिबद्वता समेत लिएको समाचारमा उल्लेख छ । नेपाल, चीन र भारतको विवादास्पद सिमा क्षेत्र लिम्पीयाधुरा, कालापानी र लिपुलेक नेपालको नयाँ नक्शामा समावेश गर्दै उक्त क्षेत्र आफ्नै रहेकोे दाबी प्रधानमन्त्रीले गरेको भन्दै उक्त क्षेत्रको विषयलाई कुटनितिक माध्यमबाट अथक प्रयास गरिरहेको बताएको भनिएको छ ।

विगतदेखि बल्झिएको मुद्दाको परिणाम नआएसम्म मुद्दा नहराउने र कुनै मुल्यमा हामी आफ्नो जग्गा नछाड्ने बताए । मृगौला प्रत्यारोपणको दुई महिनापछि संसदमा बोल्दै उक्त प्रतिबद्वता लिएका हुन् । स्वास्थ्य अवस्था गम्भीर रहेको कारण उनलाई सभामुख अग्नि सापकोटाले बसेरै सम्बोधन गर्ने अनुमति दिएका थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिहंले मानसरोवर देखि लिपुलेक जोड्ने सडकको शुभारम्भ गरेको र भारतीय सेना प्रमुखद्वारा आएको अभिव्यक्तिले नेपालमा भारतविरोधी नारा उत्तपन्न भएको र अझ हुन सक्नेमा जोड दिएका दिए । हामी सम्पूर्ण कार्यका लागि आफै सक्षम रहेको ओलीले ठहर थियो ।

नेपालले भारतसंग सौहार्द पूर्ण सम्बन्ध चाहन्छ भन्ने विषयलाई समेत ओलीले स्पष्ट पारे । तर, ओलीले भारतलाई सिमामेव जयते कि सत्मेव जयते हो भन्ने प्रश्न औल्याएका छन् । ढल्न लागेको सरकारको कुर्सि चीनले बचाइदिएको धारणालाई गलत ठहराउँदै यो सरकार जनताद्वारा निर्मित सरकार रहेका बताए । जनताबाहेक कसैले आफूलाई सरकारबाट हटाउन नसक्ने उनले स्पष्ट पारे । File photo



प्रतिक्रिया दिनुहोस्