Logo

मोबाइल एसएमएसबाटै बाढीपहिरोको पूर्व सूचना



सुर्खेत, ८ जेठ : सुर्खेतवासीले बाढीपहिरोको पूर्वसूचना मोबाइल एसएमएसबाटै थाहा पाउने भएका छन् । वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान विभागले बाढीको पूर्वसूचनाका लागि मोबाइल एसएमएस प्रणालीको शुरुआत गरेको हो ।

जल तथा मौसम कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले आकस्मिक बाढीको पूर्वसूचना बाढी आउनु केही घण्टाअगावै जनतासम्म पु¥याइ जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले एसएमएस प्रणाली शुरुआत गरिएको बताउनुभयो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नेपाल टेलिकम र एनसेल सिम प्रयोगकर्ता सबैमा एसएमएस पठाउने व्यवस्था मिलाएको छ । “११५५ वा जलवायुबाट सबैको मोबाइलमा बाढीको पूर्वसूचना आउने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “पूर्वसूचनाले नागरिकलाई सम्भावित जोखिमबाट सुरक्षित रहन उपयोगी हुनेछ ।”रासस File photo



प्रतिक्रिया दिनुहोस्