Logo

राजेश हमालको भारतलाई सुझाव, ‘सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्नुस्’ (भिडियोसहित )



काठमाडौं, ८ जेठ । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तथा क्षेत्रफल सार्वजनिक गरेपश्चात भारतीय मिडियामा नेपालको चर्को विरोध हुन थालेको छ । भारत सरकारले समेत नेपालले जारी गरेको ‘नयाँ नक्सा आफूलाई मान्य नहुने’ बताइसकेको छ ।

नेपाल–भारतबीचको सीमा विवाद नयाँ भने होइन । तर, हालै नेपालले नयाँ नक्सा जारी गरेपछि उक्त विवादले अहिले विशेषगरी सामाजिक सञ्जाल रंगिएको छ । अभिनेत्री मनिषा कोइरालाले नेपालको पक्षमा बोल्दा उनको नेपालमा वाहवाही भइरहेको छ । तर, भारतीय मिडियाले भने उनको खेदो खनिरहेको छ ।

यस्तै, अभिनेता राजेश हमालले पनि यो बिषयमा आफ्नो अभिव्यक्ति सार्बजनिक गरेका छन् । अभिनेता हमालले आफ्नो फेसबुकमा सार्बजनिक गरेको भिडियोमा ‘छिमेकी भारतको गतिविधिले मलाई मर्माहत बनाएको छ । इतिहास साँक्षी छ, लिम्पियाधुरा, कालापानी तथा लिपुलेक नेपालकै भूभाग हो । भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन् । हाम्रो पूर्खाहरुले बहादुरीका साथ लड्नुको एउटै उद्देश्य आफ्नो देशको स्वतन्त्रता र सार्वभौमसक्तालाई अक्षुण्ण राख्नु थियो । यसकारण सम्पूर्ण नेपाली जनताले आफ्नो देशको सिमा सम्बन्धमा कसैसँग सम्झौता गर्दैन’ भनेका छन् ।

साथै, अभिनेता हमालले सीमानाको समस्यालाई भारतले इतिहास, तथ्यांक तथा प्रमाणको आधार हेरेर कुटनीतिक तवरमा समस्या समाधान गर्न पनि अनुरोध गरेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्