Logo

डरका बारेमा चाणक्य के भन्छन्



  • संकट टाउकोमा आयो भने निर्दयी भएर आक्रमण गर्नुपर्छ । संकट भगाउने उपाय खोज्नुपर्छ ।
  • अर्काको गल्तीबाट सिक्नुपर्छ आफैले प्रयोग गरेर सिकेमा समय वर्वाद हुन्छ ।
  • कुनै स्थानमा जिविकोपार्जन नभएको ठाउँमा मानिसहरु डराउदैनन् लजाउदैनन्, लाज, उदारता र दान दिने प्रवत्ति हुँदैन त्यसैले पाँच स्थानमा निवास गर्नु हुँदैन ।
  • उद्यमले दरिद्रता र जपले पाप नष्ट गर्छ, मौन बस्दा झगडा र जागा बस्दा कुनै डर हुँदैन ।
  • पाँच प्रकारका बुबाहरु हुन्छन् । जन्म दिने,उपनयन संस्कार गर्ने, अन्न दाता, शिक्षक र डर भगाउने रक्षकहरु ।
  • दानले दरिद्रताको, शील स्वभावले दुःखको, बृद्धिले अज्ञानको र भावनाले डरको नष्ट गरीदिन्छ ।
  • विद्यार्थी, नोकर, तीथयात्री, भोकले पिडित, डराउने र द्धारपाल यी सात निन्द्राबाट ब्युँझनु पर्छ ।
  • जसले कसैलाई प्रेम गर्दछ भने ऊ पनि डराउछ, प्रेम शोकको आधार हो । स्नेह सबै दुःखको जड हो, त्यसैले स्नेहको बन्धन भत्काएर खुशीसाथ बाच्नु पर्छ ।


प्रतिक्रिया दिनुहोस्