Logo

स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाईदिन्छु भनि ठग्ने व्यक्ति पक्राउ



काठमाडौं, ८ जेठ । महानगरीय अपराध महाशाखाले स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाईदिन्छु भनि ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाले जारी गरेको प्रेस नोटकाअनुसार पक्राउ पर्ने ती व्यक्तिले आफूलाई सशस्त्र प्रहरीको नायब उपरिक्षक बताउँदै विभिन्न व्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापालजस्ता महत्वपूर्ण पदमा जागिर लगाईदिन्छु भनि विभिन्न प्रलोभनमा पारी ठगी गरेका थिए ।

पीडितहरुलाई खरिदारको नक्कली परिचयपत्रसमेत बनाईदिएर झुक्यानमा पारी उनले ठगी गरेका थिए । उनले पीडितहरुबाट पटक पटक गरि एक लाख ८५ हजार ठगेका थिए । पक्राउ पर्नेमा काठमाडौं जिल्ला तार्केश्वर नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ४५ का राजकुमार चापागाँई हुन् । उनी जग्गा कारोबारी हुन् ।



प्रतिक्रिया दिनुहोस्