Logo

७ वर्ष कान्छा पतिसँग रमाउँदै प्रियंका कार्की



काठमाडौ, ८ जेठ । नायिका प्रियंका कार्कीको बाल्यकाल काठमाडौमा बित्यो । उनका दुई आमा, बुबा र एक भाई छन् । उनले ७ वर्षको हुँदा नारायण पुरीले निर्देशन गरेको फिल्म ‘महादेवी’ मा अभिनय गरीसकेकी थिइन् । २०६१मा मिस टिनको उपाधी हासील गरेसँगै उनी ग्ल्यामर क्षेत्रतर्फ आकर्षित भइन् । २००७ मा उनी अमेरीका गएर अध्ययन पश्चात २०११ मा नेपाल फर्किइन् ।

अमेरीकामा हुँदा नै उनले ‘भुल्ने पो हो की’ नामको सिनेमामा मुख्य भुमिका निर्वाह गरेकी थिइन् । २०१२ मा प्रियंका अभिनित चलचित्र ‘थ्री लवर्स’ ले उत्कृष्ट अवार्ड हासील ग¥यो । यसपछि भने उनी निर्माता र निेर्देशकको आँखामा परिन् यसपछि उनलाई कामको खाँचो भएन । २३ वर्षको उमेरमा रोचक मैनालीसँग प्रेम विवाह गरेकी उनले ३ वर्षमा सम्बन्ध विच्छेद गरिन् । हाल भने उनी भन्दा ७ वर्ष कान्छो अभिनेता आयुष्मान देशराजसँग दोस्रो विवाह गरेकी छिन् । उनले आज इन्स्टाग्राममा निकै आकर्षक तस्वीर शेयर गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्