Logo

गोल्डेन पुल



भियतनामका मानिसहरुको सुन्दरता नै आकर्षकको केन्द्र हो । त्यहाँ विश्वका सबै मानिसहरु घुम्न जान्छन् । भियतनाम घुम्न जाने मानिसहरुको पहिलो सुचि पुल पर्छ । यो पुललाई गोल्डेन ब्रिज भनिन्छ । यो पुललाई वनावट हातको हत्केलाले थामेको जस्तो देखिन्छ । हातमा पनि दुई रंग(छिर्केबिर्के) लगाइएको छ । जुन निकै आकर्षक छ । २०१८ निर्माण गरिएको यो पुल समुन्द्र सतह देखि १४ सय मीटर उचाइमा छ । पुलको डिजाइनले नै मानिसहरुको ध्यान आकर्षित गर्छ । पुललाई हेर्दा पुरै सडकलाई नै ठुला हातहरुले बोकेको आभास हुन्छ ।



प्रतिक्रिया दिनुहोस्