Logo

दक्षिण कोरियामा जन्मनेवित्तिकै एक वर्ष मानिन्छ, अरु रहस्यसहित



दक्षिण कोरिया आश्र्चय लाग्दो देश हो । त्यहाँको मानिसहरु पुजा पाठ गर्ने र अन्धविश्वासमा पनि धेरै विश्वास गर्छन् । मानिसहरुले नम्बर ४ सँग निकै डराउँछन् भने रातो रंगको मसि प्रयोग गर्दैनन् । दक्षिण कोरियाका केही रोचक कहानीको बारेमा चर्चा गरौ ।

  • दक्षिण कोरियामा जन्मने बित्तिकै १ वर्षको मानिन्छ ।
  • यो देशमा कुनै पनि पनि रक्सि पिएर जान सक्छ । रक्सी पिएर मानिसहरु सकडमा हिडेको देखिनु त्यहाँ सामान्य कुरा हो ।
  • यो देशमा आत्महत्याको दर विश्वको २ नम्बरमा पर्छ ।
  • ब्लड गु्रपले मानिसको स्वभाव चिनिने हुँदा ब्लड गु्रपलाई उच्च स्थानमा राखिएको छ ।
  • यहाँका मानिसहरु रातसम्म पनि पुजा पाठमा मस्त हुन्छन् ।
  • मेकअपलाई पुरुषहरुले पनि धेरै महत्व दिन्छन् ।
  • ४ नम्बर र रातो मसिलाई त्यहाँका मानिसहरुले मृत्युको संकेतको रुपमा बुझ्ने हुनाले कहि पनि प्रयोग गर्दैनन् ।
  • दक्षिण कोरियाको ९३ प्रतिशत जनसख्याले इन्टरनेट प्रयोग गर्छन् ।
  • त्यहाँका मानिसहरुले हरेक महिनाको १४ औं दिनलाई रोमाण्टीक दिन मानिन्छ ।
  • दक्षिण कोरियामा प्लास्टिक सर्जरी सामान्य हो । त्यहाँ नाक, मुख, आँखा र चिउँडोको सर्जरी गर्छन् ।


प्रतिक्रिया दिनुहोस्