Logo

नक्सा जारी गर्दैमा लिम्पियाधुरा नेपालकै हो भन्न मिल्दैन, ओलीले नेपाल भारत सम्बन्ध खत्तम पारिदिनुभयो-डा. सुन्दरमणि दीक्षित



काठमाडौं, ८ जेठ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षित खरो बोल्छन् । बेला बेलामा विवादमा आइरहने उनले यसपटक लिम्पियाधुरा नेपालको हो भनेर कसरी प्रमाण गर्ने ? प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीले धेरै समस्या ल्याएको उनको तर्क थियो । डा. दिक्षितसँग यीनै विषयमा ऋषि धमलाले गरेको विशेष कुराकानीः
कोरोनाबाट बँच्न तपाईंले नयाँ प्रविधि ल्याउनुभएको छ, त्यो के हो ?
मैले नयाँ कुरा ल्याएको होइन । कोरोनाले आफ्नो गुण बनाउने मुख्य प्वाइन्ट भनेको नाकको प्वाल हो । त्यो चाहिं काठमाडौंको नागढुंगा । त्यहाँबाट छिरेर आयो भने थानकोटसम्म पुग्दा त्यसलाई हाम्रो त्यसलाई घाँटी भन्ठान्नुहोस् । यो चार, पाँच दिनसम्म कोरोना भाइरस नाकको प्वालमै बस्छ । त्यसलाई जलनित्य गरेपछि त्यो भाइरसलाई मत्थर पारिदिन्छ । यो पुरानो पद्धति हो । त्यसैले बेलुका घरमा गएपछि तातोपानी तताउनुस्, त्यसमा नुन, बेसार हाल्नुस् सकेसम्म खानुस् । नियमित त्यसो गरियो भने दिनभरि टाँसिएर आएको भाइरस नुन, बेसार मसला हालेको तातो पानीले निस्तेज हुन्छ । अनि माक्स, स्यानिटाइजर पनि लगाउनुहोस् । साबुन पानीले हात पनि धुनुहोस् । हरेक दिन बेलुका सुत्ने बेलामा नाकको प्वाल जलनित्य गर्नुहोस् । यो कसैले न कसैले गरेकै छ । यो पुरानो चलन पनि हो । नुन, बेसार हालेको तातोपानी पनि नियमित खानुहोस् ।
तपार्इंंले अपनाउनुभएको प्रविधि सन्जीवनीबुटी हो त ?
कुनै पनि प्रविधि, पद्धति सञ्जीवनी बुटी त हुनै सक्दैन नि । जसरी साबुन पानीले हात धुनु भनिएको छ । त्यसमा पनि कुनै प्रुफ त छैन । तर, यसले हुन सक्छ भनेर संसारभरि गरे हामीले गरेका छौं । माक्स लगाउनुपनि सञ्जीबनी बुटी त होइन । त्यो माक्स पनि गुणस्तरीय ल्याउन सकेका छैनन् । त्यो पनि बुटी होइन । भीडभाडमा नजानु भनिएको छ । त्यसैले यी सबै कुरा अनुमान, अनुमान मात्रै छ । यी सबै विधिमध्ये जलनित्य हाम्रो मौलिक विधि हो । यसलाई कसैले पनि वास्ता गरेनन् । माक्स लगाउनुहोस् इन्ट्रि प्वाइन्ट नाक नै हो । हात धुनुहोस् इन्ट्रि प्वाइन्ट त नाकै हो ।
यो विधि अपनाउँदा फाइदा हुन्छ भनेर तपाईंले भनिरहँदा कोरोना रोकथाममा सरकार सफल भयो ?
होइन, फाइदा हुन्छ भनेर क्याम्पियन त गरेको छैन नि । सरकार त पटक्कै सफल भएको छैन नि । काठमाडौंमा पनि कति ठाउँमा त आइसक्यो नि कोरोना नियन्त्रणमा त सरकार बिलकुलै असफल भएको छ नि । यो अनौठो भाइरस छ । यसलाई रोकथाम गर्न निकै गाह्रो छ । तर, म्यन कुरा भनेको काठमाडौंको नाका हो । त्यहाँ सरकारले एकदमै व्यववास्ता ग¥यो । जथाभावी लापरबाही ग¥यो त्यसले गर्दा काठमाडौंमा यो भाइरस भित्रिएको हो । अहिले काठमाडौंमा जति पनि देखिएका छन् । ती काठमाडौंमा उम्रिएका होइनन् बाहिरबाट आएका हुन् । जसरी यहाँ खतरा देखिएको छ । त्यो सरकारले सतर्कता नअपनाएका कारण नै हो । सतर्कताको जनताले धेरै दुःख गरेर पनि सामाना गरे । तर, सरकारले अपनाउनुपर्ने कुरा गर्न सकेन । त्यसमा मलाई दुःख लागेको छ ।
सरकारले के गर्नुपथ्र्यो त ?
सरकारले पछिल्लो समय हामीले भन्दाभन्दा अलि अलि टेस्टिङ चाहीं गरायो । रोगी बनाएर जाँच गर्नुभन्दा पनि लकडाउनलाई सीमानामा जति कडा गर्नुपर्ने थियो त्यसमा सरकार पुरै चुक्यो । सुरुमा उत्तरतिर र अहिले आएर दक्षिणतिर पुरै नाका सील गर्नुपर्ने थियो । उपत्यकामा गैर नेपालीलाई त आउनै दिनुहुँदेन थियो । नेपालीलाई पनि असाध्य टाइट गरेर क्वारेन्टाइनको व्यवस्था १०० प्रतिशत गरेर मात्रै इन्ट्रि दिनुपथ्र्यो । अहिले क्वारेन्टाइनमा खानेपानी पनि छैन, सुत्ने ठाउँ पनि छैन अनि दिनभरि बस्दारहेछन् बेलुका आएर उनीहरुका परिवारले घर लिएर जाँदारहेछन् । सुरक्षा व्यवस्था व्यवस्थित नहुँदा भागीभागी, लुकीलुकी हिँडेका छन् । त्यही लुकीलुकी हिड्ने कारणले गर्दा हाम्रो मुलुकमा यो भाइरस फैलिँदै गएको छ । यसरी आएकालाई हामीले पनि सरकारलाई देखाइदिने काम गर्नुपथ्र्यो । त्यसमा आफ्ना ज्वाइ, भतिजा, साला, भाइ भनेर खुरुखुरु भित्र्याउने काम ग¥यौं । यहाँ जनताले पनि गर्नुपर्ने काम गर्न सकेनन् । सरकारले पनि गर्न सकनेन । हुन जनताले प्रशस्तमात्रामा गरेका छन् । क्वारेन्टाइन भनिएको छ । ओछ्याउनको लागि एउटा सानो म्याट दिइएको छ । १० औं जनालाई एकै ठाउँमा कोचिदिएको छ । खानको लागि सफा पानीसमेत छैन । ट्वाइलेटको व्यवस्था छैन । खानाको व्यवस्था छैन । यसमा त सरकारको धेरै कमीकमजोरी छ ।
लिम्पियाधुरा नेपालको भनेर नक्सा बाहिर आएको छ अब नेपाल कसरी जानुपर्छ ?
लिम्पियाधुरा नेपालको हो भनेर कसले प्रमाण देखाउन सक्छ भन्नुस् त मलाई ?
लिम्पियाधुरा नेपालको हो भनेर सुगौली सन्धिमा पनि प्रस्ट रुपमा लेखिएको छ नि ?
त्यो सबै प्रमाण हुँदाहुँदै ६५ वर्षसम्म हामी के हेरेर बस्यौं त ? भारतले त्यत्रो बाटो बनाउँदासम्म प्रधानमन्त्री त केपी ओली नै थिए त उनले त्यो बेलामा किन हेरेनन् ? जति समय जान्छ त्यति नै ‘रात बस्यो, अग्राख बस्यो’ भने जस्तो भारतको सेना झन् जरिएर बस्छ । यसको लागि हामीले यति धेरै समय गुमायांै कि अब अहिले आएर ओलीजी मैले बडो गजबको काम गरेँ भन्नुहुन्छ । भारतले बाटो खन्न थाल्दा पहिलोपटक पनि ओली नै प्रधानमन्त्री थिए । त्यो बेलामा उहाँ के हेरेर बस्नुभयो त । अहिले एकतर्फी रुपमा नक्सा जारी गरिएको छ । त्यसरी एकतर्फी नक्सा जारी गर्दैमा जमीन फिर्ता हुन्छ त ?
लिम्पियाधुरा नेपालकै हो भनेर पहिलोपटक नक्सा जारी त भयो नि ?
त्यो नक्सा जारी गर्दैमा नेपालकै हो भनेर भन्न मिल्दैन । चाइनालेसमेत हिजो के वक्तव्य दियो, ‘यो जुन बादविवाद छ, त्यसमा उसले यो नेपालकै हो भनेन । उसले खाली के भन्यो भने तिमी र भारत मिलेर मैत्रीपूर्ण हिसाबले सुल्झाऊ तिमी दुईबीचको बादबिबाद हो भनेको छ । चीनले कहीं भनेको छैन ‘नेपालकै हो भारत हटेर जाऊ’ भनेर । चाइनाले पनि नभनेपछि अब कम्युनिस्ट पार्टीले के हेरेर बसेको छ मलाई थाहा छैन ।
प्रधानमन्त्रीले अब नेपालले त्यो भूमि जसरी फिर्ता लिन्छ भनिसक्नुभयो त ?
यो भूमिको बारेमा त प्रधानमन्त्रीले त अझ धेरै कुरा भन्नुभएको छ । उहाँले त हुँदाहुँदा ‘सत्य मेय जयते, सिंह मेव जयते’ भनेर भारत र नेपालको सम्बन्धलाई खत्तमै बनाइदिनुभएको छ । अब प्रधानमन्त्रीले भनेको कुरामा कुनै तुक छ ? उहाँको चुट्किलाबाहेक अरु कुनै तुक छ । हो, त्यो भूमि हाम्रो हो मलाई पनि थाहा छ । मैले पनि हाम्रो हो भनेको छु । अरुले पनि भनेका छन् । कागजपत्र पनि हाम्रै हातमा होला तर जग्गा त छैन नि । हामी हाम्रो जमीन भनेर गम्केर बस्छौं । यहाँ लालपूर्जा हाम्रो हातमा जमिन उनीहरुको हातमा भएको आज ६५ वर्ष भइसकेको छ । जसरी हिजो बुद्ध नेपालमै जन्मेका हुन् भन्ने हामीलाई थाहा थियो । मोदीजी आएर गौतम नेपालमै जन्मेका हुन् भन्दा सबैले ताली पिटेको जस्तै हो । हामीलाई पहिला नै थाहा छ नि गौतम बुद्ध नेपालमै जन्मेका हुन् भनेर तर विदेशी आएर भनेपछि तालिबजाउनुपर्ने हो त ?
नेपाली जनताले त कुटनीतिक वार्ता गरेर ती भूभागहरु फिर्ता लिनुपर्छ भनेका छन् नि ?
गरुन् त वार्ता कसले रोकेको छ यिनीहरुलाई । यो कुरा त पहिला पनि उठेको थियो नि । त्यसबेला पनि प्रधानमन्त्री त ओली नै थिए त ? किन नगरेको ? अहिले पनि वार्ता गर भनेका छौं त किन नगरेको त ? पहिला भारतसँग वार्ता गरेर अब अन्तर्राष्ट्रिय करण गर्ने रे ? चीनले पनि दुईपक्षीय वार्ता गरे भनेको छ । भोलि यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भने हामीलाई चीनको पनि साथ मिल्दैन । यसमा भारतसँग राम्रोसँग मित्रबत ढंगले वार्ता गर्नुपर्ने थियो । ओलीजीको अस्तिको भाषणले खत्तमै पारिदिनुभयो ।
भारतले त त्यो नक्सा हामीलाई स्वीकार्य छैन हाम्रो जमीन अतिक्रमण भयो भन्यो नि ?
हो, भारतले त्यसो भन्दैनथियो । ओलीजीले अस्तिको भाषणमा जिस्क्याएर त्यसो भनेको हो । उहाँले ‘सत्य मेय जयते, र सिंह मेह जयते’ भन्ने कुरा गरिदिनुभयो । त्यसले भारतसँगको मैत्रीपूर्ण सम्बन्ध खत्तम भउको हो । अहिले भारत पनि हाम्रो पक्षमा छैन । त्यहाँका कुनै पार्टी पनि हाम्रा पक्षमा छैनन् । पहिला कहिले कांग्रेस हाम्रो पक्षमा हुन्थ्यो कहिले बिजेपी हुन्थ्यो । ओलीजीले नक्कली राष्ट्रवादको नामले भारतलाई चिढाएर चुनाव जित्न माहिर हुनुहुन्छ । अहिले आएर देशको नीति तथा कार्यक्रमको बेलामा प्रधानमन्त्री जस्तो माथिल्लो निकायले अर्काको देशको राष्ट्रिय चिन्हको बारेमा खिसी ट्युढी गर्ने काम गर्नुभयो । बरु मोदीलाई गाली गरिदिएको भए हुन्थ्यो, भारतलाई पारीपट्टि ढंगा हानिदिएको भए हुन्थ्यो । तर, यो काम गर्नुभयो ।-File Photo
?



प्रतिक्रिया दिनुहोस्