Logo

कोरोना भाइरसविरुद्ध लड्न गाँजा प्रभावकारी रहेको अनुसन्धानको ठहर



एजेन्सी ८ जेठ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसको खोपको निर्माण तिब्र गतिमा भइरहेको छ। तर, कोरोनाविरुद्ध लड्न र भाइरसको फैलावलाई रोक्न गाँजा प्रभावकारी हुने क्यानडास्थित लेथबर्ग विश्वविद्यालयको ठहर रहेको छ।

विश्वविद्यालयका वैज्ञानिकहरुले गाँजा कोराना भाईरस संक्रमण रोक्न सक्ने बताएका छन् । भाइरसविरुद्ध लड्न गाँजाको प्रयोग अनुसन्धानमा गर्दा उक्त भाइरसको फैलावलाई गाँजाले अत्यधिक मात्रामा रोक्न सक्ने जनाइएको छ।

गाँजाले भाईरस सक्रिय पार्नसक्ने जीवाणुलाई ७३ प्रतिशतले निस्क्रिय पार्न सक्ने गुण रहेको विज्ञहरु बताउछन । गाँजाले भाईरस सक्रिय पार्न सक्ने जीवाणु निस्क्रिय पार्न सक्छ भने संक्रमण पनि कम गराउन सक्ने विश्वास विज्ञहरुको रहेको छ ।

शरिरमा एसीई२ लेभल घटाउन र जीवाणु संक्रमणलाई कम गराउने भएकोले भाईरसको संक्रमणविरुद्ध गाँजाले प्रभावकारी रहेको विज्ञहरुको विश्वास रहेको छ। कोरोनाविरुद्धको खोप निर्माणमा अमेरिकन बायोटेक कम्पनी मोडरना अग्रसर रहेको छ। उक्त कम्पनीले खोपको परिक्षण समेत गरीसकेको छ। Photo Source: DW



प्रतिक्रिया दिनुहोस्