Logo

घाँटी थिचेर छिमेकीको हत्या



महोत्तरी, ८ जेठ । छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा एकजना बिहिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोन्मा गाउँपालिका-३ रघुनाथपुर बस्ने २७ वर्षीय जयनाथ यादव छन् ।

सोही गाउँपालिका-७ सुन्दरपुर बस्ने ६७ वर्षीय दिपलाल यादवलाई जयनाथले सार्वजनिक पोखरीमा घाँटी थिचेर सोही पोखरीमा डुबाई मारेका थिए । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्