Logo

कृषिमा लगानी बढाउन सकिने



काठमाडौँ, ९ जेठ । कोरोनाको कहरसँगै देश खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने, रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता अर्थशास्त्रीले उठाउँदै आएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि कृषि क्षेत्रलाई विशेष प्राथमिकता राख्दै व्यावसायिक कृषि र कृषिजन्य उद्यमलाई रोजगारीको प्रमुख स्रोतका रूपमा विकास गर्ने, कृषि उत्पादकत्व १० वर्षमा दोब्बर बनाउने उल्लेख गरेको छ । नेपाल राष्ट्र बैङ्कले पनि प्राथमिक क्षेत्रका रूपमा बैङ्कको १० प्रतिशत लगानी यो क्षेत्रमा हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

गत पुससम्मको तथ्याङ्क हेर्दा प्रायः सबै वाणिज्य बैङ्कहरूले यो सर्त करिब पूरा गर्नसकेको नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताएका छन् । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्