Logo

नेपाल-भारत सिमा विवाद: विदेशी मिडियामा प्राथमिक समाचार



काठमाडौं, ९ जेठ । नेपाल र भारतबीच बढेको सिमा विवाद अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताको समाचार बनेको छ । सीएनएन, बीबीसी, अल जजिरालगायत मिडियाले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाल र भारतबीच विवाद बढेको विषयको खबर छापेका छन् ।

सीएनएनले नेपालले कालापानी क्षेत्र समावेश गरी नक्शा जारी गरेपछि भारतले अमान्य भन्दै आपत्ती जनाएको खबर छापेको छ । ११५ वर्ग किलोमिटरको यो क्षेत्र सामरिक दृष्टिले भन्दै अल जजिराले खबर छापेको छ ।

भारतीय मिडियाले यो खबर निकै प्राथमिकताका साथ प्रकाशन र प्रसारण गर्न थालेका छन् । भारतले कालापानी क्षेत्र आफ्नै अखण्ड भुभाग भएको दाबी गर्दै आएको छ । तर, नेपालले उक्त क्षेत्र नेपालको रहँदै आएको र भारतीय सेना चीनसँगको युद्धका बखत पसेको भन्दै आएको छ ।

दुई देशबीच सिमा विवादले सुमधुर सम्बन्ध चिसिने अवस्था बनेको छ ।



प्रतिक्रिया दिनुहोस्