Logo

कालापानी सामरिक महत्वको हो, भारतले कुनै हालतमा छाड्दैन-भाजपा नेता जोली



काठमाडौँ, ९ जेठ। भारतीय जनता पार्टीका नेता विजय जोलीले चीनको आडमा नेपाल सरकारले कुटनीतिक विषयलाई राजनीतिककरण गरेर भारतबिरुद्धको प्रयोगमा लगाएको आरोप लगाएका छन् । नेपाल र भारतबीचको सम्बन्ध ओली सरकार आएपछि मात्रै स्थापित नभएको भन्दै तेस्रो मुलुकले चाहेर नेपाल भारतको सम्बन्ध नविग्रने बताए ।

ऋषि धमलासँग एनआरएन रेडियोसँग विशेष कुरा गर्दै जोलीले प्रधानमन्त्री ओलीले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाउदै नेपालले चाहेको जमिन दिन भारतका लागि ठूलो कुरा नभएपनि कालापानी, लिपुलेक र लिम्पियाधुरा सुरक्षाका दृष्टिकोणले पनि भारतका लागि आवश्यक भएको बताए । नेपाललाई एक इन्च जमिनको जति महत्व छ भारतलाई पनि चीनसँगको सुरक्षा त्यतिनै महत्वपूर्ण भएको उनको भनाइ छ ।

नेपाल र भारतबची पछिल्लो समयमा निकालिएको विवादको समाधान भारतले वार्ताबाटै गर्न चाहेको र यो विषयमा वार्ता कोरोना संक्रमको त्रास हटेपछि मात्रै हुने उनको भनाई छ। कुटनीतिक भन्दा अरु बाटोले समाधान नआउने भएपनि अहिले विश्व आफना जनतालाई कसरी बचाउने भन्नेका केन्द्रि भएका बेला कालापानीको वार्तामा भारत बस्न नसक्ने दावी गरे।

जोलीले भने,‘यसको समाधान छ भने वार्ता मात्रै हो । यस्तो समयमा आएर नेपालले भारतमाथि आरोप लगायो । व्युरोक्याट तहमा कुरा हुन्छ । राजनीतिक गरेर केहि हुदैन । भारत छिमेकीसँग मित्रता चाहान्छ । नेपाललाई आफ्नो एक इन्च जमीन प्यारो छ भने भारतलाई पनि प्यारो छ । भारतको सुरक्षाको कारणले पनि यो भूभाग छोड्न मिल्दैन । भारतले चीन तिब्तको तर्फबाट आउने खतराका लागि पनि छोड्दैन । जनता उक्साउने र मार्ने काम नगर्नुस । यी तिन भूभाग भारतका लागि आवस्यक छ । यसको दुरगामी असर पर्छ नेपालमाथि पर्छ । राष्ट्रियताभित्रबाट राजनीतिक गन्ध आइरहेको छ । भारतबाट आएको संक्रमण खतरनाक कसरी भयो ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनता प्रति सदैव सद्भाव राखेको र अहिले दुनियाँ बाच्नका लागि लडीरहेको समयमा भारतका प्रधानमन्त्रीले सहयोग गरीरहरहेको कुरा नेपालले विर्सिएको दावी गरे । उनले भने,‘भारतले औषधी दिएको छ । नेपाली राजनेता र नेपाली प्रेसले नेपाली लनतालाई गुमरामा नराख्नुस । भारतको सहयो भएन भनेर नेपालका प्रधानमन्त्रीले भारतको कोरोना भाइरस कडा भन्ने ?’

जोलीले भारतले जहिले नेपालको माटोलाई ढोग्ने गरेको र नेपाल भारतको जिवन भएकाले एक कालापानी त के १० कालापानी दिन पनि भारत तयार रहेको तर, कुटनीतिक वार्ता मात्रै स्वीकार गर्न सक्ने बताए । आर्टिफिसियल नक्सा जारी गरेर नेपाल र भारतबीको सम्बन्धमा ओली सरकारको एक्लो आक्रमण नभएको दावी गरे ।

जोलीले भने, ‘भूकम्पमा पनि भारतले सहयोग गरेको हो । साना जमिनका लागि कुटनीतिकलाई राजनीतिमा बदलेर भारतलाई घुंडा टेकाउन खोजेको हो भने त्यो समपन पुरा हुदैन् । पछिल्लो तीन महिनामा नेकपामा जसरी विवाद भयो,त्यसमा खेल छ । सरकारले आफ्नो विरोध मोड्नका लागि यस्तो गरेको हो भन्ने भारतको बुझाइछ । नेपाल भारतबीरोधी अभियन चलाउन सम्भव छैन । नेपालको नेक्सा भारतले स्वीकार गर्दैन । नेपालको सरकारको भनाई मान्देैन् ।’



प्रतिक्रिया दिनुहोस्