Logo

भारतसँग वार्ता गरेर हाम्रा भू-भागहरु फिर्ता ल्याउने कुरा सम्भव छ, म विश्वस्त छु : डा. भण्डारी (भिडिओसहित)



काठमाडौं, ९ जेठ । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भारत यो क्षेत्रको जिम्मेवार राष्ट्रभएको र नेपालको ज्यादै ठूलो छिमेकी राष्ट्रपनि भएको उल्लेख गर्दै छिमेकीहरुका बीचमा कहिलेकाहीँ विवाद हुने तर्क गरे । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै डा. भण्डारीले भने-“छिमेकीहरुका बीचमा कहिलेकाहीँ मनमुटाब हुन्छ । कहिलेकाहीँ समस्याहरु हुन्छन् । समस्या भयो र विवाद भयो भन्दैमा आँत्तिनुहुँदैन् । समस्या र विवादको समाधान हुन्छ । भारत अन्तर्राष्टिय क्षेत्रमा पनि एउटा ठूलो प्लेअर हो । उ जिम्मेवार प्लेअर पनि हो । त्यसले गर्दा अन्तर्राष्ट्रिय कानूनलाई उसले मान्दछ । उ अन्तर्राष्ट्रिय कानूनभित्र बस्दछ भन्ने कुरामा हामी सबैले विश्वास गर्नुपर्दछ । हाम्रा जुन भूभाग छन्, ती भूभागको विषयमा हामीले तथ्य र प्रमाणका आधारमा, ईतिहासका आधारमा, अन्तर्राष्ट्रिय कानूनका आधारमा भारतसँग हामीले वार्ता गरेर ती भूभागहरु फिर्ता ल्याउनुपर्दछ । त्यो सम्भव छ भन्ने कुरामा म विश्वस्त छु ।”



प्रतिक्रिया दिनुहोस्