Logo

‘स्वर्गका राजा इन्द्र’ टाट पल्टिए



स्वर्गका राजा इन्द्र कहिले टाट पल्टिएलान् ? स्वर्ग नै उनको भएपछि टाट पल्टने सवाल आँदैन । तर, महाभारतका इन्द्र भने टाट पल्टिएका छन् ।

बी आर चोपडाको धाराबाहिक महाभारतमा इन्द्रको भुमिका निभाउने सतिश कौल टाट पल्टिएका छन् । उनीसँग दैनिक जिविकोपार्जनका लागि खर्च समेत छैन ।

कुनैबेला नाम, दाम, फ्यान र हाइफाइको जीवन बिताएका सतिशले सबै सम्पत्ति सकेका छन् । उनको अभिनय स्कुल बन्द भएपछि ठुलो आर्थिक धक्का व्यहोरे । अहिले उनीसँग दैनिक आधारभुत आवश्यकता पूर्ति गर्न पनि पैसा नभएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

पाका मानिसहरु बस्ने घरमा शतिश बस्दै आएका छन् । तीनवर्ष यता नर्स सत्याले सञ्चालन गरेको पाका मानिस बस्ने घरमा बन्ने उनी कुनैबेला पञ्जाबी फिल्म र सिरियलमा पनि लोकप्रीय थिए । पैसा राम्रै कमाएका थिए । तर, उमेरमा बचाउन सकेनन् । ७० वर्ष नाघेका उनी ढाडको समस्याका कारण कला क्षेत्रमा फर्कन पाएनन् । पत्नीसँग उनी विवाहलगत्तै छुट्टिएका थिए । उनीहरुको एक छोरा पनि छ । तर, शतिश बुढेसकालमा एक्लो भएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्