Logo

मनिषाको ट्विटमा आखिर के थियो, जसले भारतीय मिडियामा भुकम्प नै ल्याईदियो ?



काठमाडौं, ९ जेठ । बलिउडकी चर्चित नायिका, नेपाली चेली मनिषा कोइराला यतिवेला भारतीय मिडियाको तारो बेनकी छिन् । नेपाल भारत सिमा विवाद उत्कर्षमा पुगेको बेला मनिषाले नेपालका परराष्टमन्त्री प्रदीप ज्ञवालीको एक ट्विट रिट्विट गर्दै गरेको एक कमेन्टका कारण भारतीय मिडियाहरु उनीमािथ खनिएका हुन् ।

मन्त्री ज्ञवालीले यही मे १८ तारिखमा-‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ’ भन्ने ट्विट गरेका थिए ।

सो टिव्ट रिट्विट गर्दै नायिका कोइरालाले हाम्रो सानो देश नेपालको स्वाभिमान कायम राखेकोमा धन्यवाद दिएकी थिईन् । योसँगै उनले अब नेपाल, भारत र चीनबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको अपेक्षा गरेकी थिईन् । मनिषको यो टिव्टसँगै भारतीय मिडियाहरुले खाओगी भारतकी ओर गाओगी चीनकी भनेर लेखेका थिए । जि न्यूज र एबिपी न्यूज मनिषाको विरुद्धमा धारा प्रवाह रुपमा खनिएका छन् ।

हेरौं उनको ट्विटरको यो पोष्ट :



प्रतिक्रिया दिनुहोस्