Logo

भारतमा ऋणको किस्ता र ब्याज बुझाउन तीन महिनाको छुट



एजेन्सी, ९ जेठ । भारतमा ऋणको किस्ता र ब्याज बुझाउन थप तीन महिनाको अवधि छुट भएको छ । अब अगष्टसम्मका लागि किस्ता र ब्याज बुझाउन सकिने गरी अवधि लम्ब्याइएको छ । समय तन्काएपछि उक्त अवधिको किस्ता र ब्याज नर्तिदा जरिवाना लाग्नेछैन ।

रिजर्भ बैक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले रिपो दर र रिभर्स रिपोमा कटौती गर्ने घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै दासले रिपो दर ०।४० प्रतिशत विन्दु कटौती गर्ने घोषणा गरेका हुन्। योसँगै रिपो दर ४.४० बाट घटेर ४ प्रतिशत हुनेछ।

यसैगरी, रिभर्स रिपो पनि ३.७५ बाट ३.३५ प्रतिशतमा झारेको छ। मनिटरी पोलिसी कमिटिका ६ मध्ये ५ जना सदस्यहरुले रिपो दर घटाउने पक्षमा घटाउने पक्षमा भोट दिए। त्यस्तै, ऋणको किस्ता बुझाउनका लागि पनि ३ महिनाको अतिरिक्त छुट दिइएको छ।



प्रतिक्रिया दिनुहोस्