Logo

पाकिस्तानको विमान दुर्घटना सामाजिक सञ्जालमा भाइरल (तस्बिर र भिडियोसहित)



एजेन्सी, ९ जेठ । पाकिस्तानमा आज भएको विमान दुर्घटनापछिका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । दुर्घटनापछि आगो लागेर कराँचीमा कालो धुँवा देखिएको तस्बिर र भिडियो भाइरल भएको हो ।

विमान कराँचमा दुर्घटनाग्रस्त भएको हो । लाहोरबाट जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडेको विमान दुर्घटनाग्रस्त भएको थियो । विमानमा यात्रुसहित एकसय भन्दा बढी सवार थिए ।

लाहोरबाट कराँची उडेको विमान विमानस्थलमा पुग्न १० मिनेट मात्र बाँकी थियो ।

विमान कराँची विमानस्थल नजिकै खसेको थियो । त्यसपछि ठुलो आगो लागेको थियो । घटनाको हताहती जानकारी आउन बाँकी छ ।

Photo Source: Twitter and AP



प्रतिक्रिया दिनुहोस्