Logo

श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित पक्राउ



रौतहट, ९ जेठ । श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित सुकुरुल्लाह अन्सारी बिहीबार बिहान पक्राउ परेका छन् । ईशनाथ नगरपालिका दुर्गामन्दिरस्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिकाका अन्सारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट ना.५४ प २११६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्