Logo

कोठामा बोलाई १६ वर्षीया किशोरीलाई करणी गरेपछि…



काठमाडौं, ९ जेठ । जबरजस्ती करणी गरेको अभियोगमा काजिमान राई बिहीबार दिउँसो पक्राउ परेका छन् । मकवानपुरका १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका कोल खहरका राईलाई प्रहरीले पक्राउ गरेको हो । राईले ती किशोरीलाई आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै सिरहामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका राघोपुरस्थित रहेको बजरङ इँटा उद्योगमा काम गर्ने भारत घर भएका २० वर्षीय पिन्टु भन्ने रबि प्रकाश बर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बर्माले ती किशोरीलाई बैशाख ३० गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्