Logo

गाँजा सहित पक्राउ



मकवानपुर, ९ जेठ । भरुवा बन्दुक र अवैध लागूऔषध गाँजा सहित एकजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका कालेखोलाबाट भरुवा बन्दुक १ थान र अवैध लागूऔषध गाँजा करिब ३० केजी सहित सोही गाउँपालिकाका रामचन्द्र प्रजालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्