Logo

सव इन्जिनियरमाथी अख्तियारको मुद्दा



काठमाडौ, ९ जेठ । मादी गाउँपालिकाका सव–इन्जिनियर नवलेस कुमार रौनियारमाथी ४० हजार भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत कास्कीको मादी गाउँपालिका वडा नं. ९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिका कार्यक्षेत्र भएका सव–इन्जिनियर रौनियारले सेवाग्राहीसँग ४० हजार ५ सय घुस लिएको भन्ने सुचनाको आधारमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

भूकम्पपीडितबाट सेवाग्राहीहरूको भूकम्पमा परी भत्किएको घर नयाँ बनाएवापत नेपाल सरकारबाट प्रदान हुने अनुदान रकमको दोश्रो र तेश्रो किस्ताको रकमबाट घुस स्वरुप उक्त रकम माग गरी लिएको व्यहोरा पुष्टि भएकोले उनलाई कानुन बमोजिम जरिबाना र कैदको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारको प्रवक्ता प्रदिपकुमार कोइरालालले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्