Logo

सीमा विवादबारे बोलिन् नायिका केकी अधिकारी



काठमाडौ, ९ जेठ । बौद्धिक नायिका केकी अधिकारीले नेपालीको मन ठुला ठूला देश भन्दा पनि बिशाल रहेको बताएकी छिन् । नेपाल–भारत सीमा विवादबारे आज उनले छिमेकीलाई आफ्नो भुमीबाट स–सम्मानका साथ फिर्ता पठाउन तयार रहेको नेपालीको मन ठुलो छ भन्दै फेसबुकमा आफ्नो धारणा राखेकी छिन् ।

उनले लेखेकी छिन्, ‘भूपरिवेष्ठित राष्ट्र भएको कारणले हाम्रो भारतसंगको निर्भरता र अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा छ । तर जब प्रश्न राष्ट्रिय स्वाधीनता र स्वार्वभौम्त्ता माथी उठछ,हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च हुन्छ ।

सिमाको विषयमा हामी सबै नेपाली एक छौँ । कोही पक्ष अनि विपक्ष छैनौं । हामीसंग स्पष्ट प्रमाणहरु प्रशस्त छन् । हामीले आफ्नै भूमीको विषयमा कसैसङ्ग बहस गर्न आवश्यक त छैन । तर सम्मान स्वरुप हामी प्रमाण सहित बार्ता गर्न तयार छौँ । हामी आफ्नो चिज चाहन्छौँ । अरुकोमा र्याल काड्दैनौँ ।’

नायिका केकी अधिकारीले अगाडी लेख्छिन्, ‘हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहदा यो नभुलौँ कि हामी नेपाली बिश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ । कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौ । हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं । हामी वैमनस्यतामा हैन बिचारमा बिश्वास राख्छौ । हामी छिमेकीको जमीन हडप्नमा हैन , छिमेकीलाई हाम्रै हडप्न खोजेको जमिनमा ससम्मान चिया नास्ता खुवाएर बिदा गर्नमा बिश्वास राख्छौं । भूगोलले सानो भएपनी नेपालीको मन ठुला ठूला देश भन्दा पनि बिशाल छ । नेपाली हो नि ’ । तस्वीर केकी फेसबुक



प्रतिक्रिया दिनुहोस्