Logo

हाकिम हाकिम नै हुन् माता पिता होइनन्–ऋचा शर्मा



काठमाडौ, ९ जेठ । अभिनेत्री ऋचा शर्माले मनिषा कोइरालामाथी खनिएको भारतीय मिडीयालाई कसैको कृपा र परोपकारले बलिउडमा छाउन सफल नभएको भन्दै कडा आलोचना गरेकी छिन् । उनले मनीषा आफ्नो पौरख र प्रतिभाले नाम कमाएको भन्दै आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेको बताएकी छिन् ।

ऋचा शर्माले आक्रोश पोख्दै फेसबुकमा लेखेकी छिन्,‘चाहे ‘१९४२ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’ मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनीषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् । ’

नायिका शर्माले अगाडी लेखेकी छिन्, ‘प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समय–समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ’विदेशी दलाल’ भनेर दुत्कार्दैन ।

म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरूँ– त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन, माता वा पिता होइनन् । तर, म भारतीय मिडियालाई दोष दिन्नँ । मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन । उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन् । तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन् ।’ तस्वीर–ऋचा शर्मा फेसबुक



प्रतिक्रिया दिनुहोस्