Logo

यी हुन् नयाँ थपिएका कोरोना भाइरसका ९ संक्रमित (विवरणसहित)



काठमाडौं, ९ जेठ । देशमा कोभिड-१९ का थप ९ जना संक्रमित पुष्टि भएका छन् । योसँगै कुल संक्रमित संख्या ५१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु मकवानपुर, भक्तपुर, सप्तरी र बाराका हुन् । संक्रमितमध्ये २ महिला र ७ पुरुष छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाइएको छ ।

संक्रमितको विवरण
१. मकवानपुरको हेटौंडाकी ५४ वर्षीय महिला, ९ जेठमा पत्ता लागेको
२. भक्तपुरकी ४२ वर्षीया महिला, ९ जेठमा पत्ता लागेको
३. सप्तरी बलान बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
४. बाराको सिमरगढ नगरपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५. बाराको सिमरगढ नगरपालिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६. बाराको सिमरगढ नगरपालिकाका ३० वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
७. बाराको सिमरगढ नगरपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
८. बाराको सिमरगढ नगरपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
९. बाराको सिमरगढ नगरपालिकाका ४५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्