Logo

कोरोनाको औषधि भन्दै विष पीलाउन खोजेपछि…



९ जेठ : नक्कली स्वास्थ्यकर्मी बनि कोरोना भाइरसको औषधिभन्दै विष पिलाई पुरै परिवारलाई मार्ने प्रयास गरिएको छ।भारतको बाहिरी दिल्लीको अलीपुरमा बस्ने एक ४२ वर्षिय विक्रमलाई दुई व्यक्ति महिला भेट्न आएका थिए। आफुलाई स्वास्थ्यकर्मी बताउने ती महिलाहरुले विक्रमसहित उनका परिवारका ३ सदस्यहरुलाई कोरोनाको औषधि पिलाएका थिए। त्यसको केही समयपछि ती चारैजना बिरामी परे र सबैलाई अस्पताल भर्ना गरिएको छ।

प्रदिप नामका व्यक्तिले आफ्नी श्रीमतीको प्रेमि विक्रमसँग बदला लिन यस्तो षडयन्त्र रचेको पुलिस अनुसन्धानबाट खुल्न आएको छ। गाउँबाट आएकी प्रदिपकी श्रीमतीको विक्रमसँग अवैध सम्बन्ध रहेको र त्यसैको बदला लिन योजना बनाई दुई महिला राखिएको अलीपुर पुलिसले बताएको छ।

पुलिसले घर नजिकै रहेको सीसी टिभी फुटेजको सहायताले प्रदिपलाई पक्राउ गरेको हो। उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन्। अहिले ती दुई महिला र प्रदिप पुलिसको हिरासतमा छन् र उनीहरुको सोधपुछ जारी छ। मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्