Logo

भ्रष्टाचारमा मुछिएका महासेनानीसहित दुईको जागिर गयो, तीनजनालाई दण्डजरिवाना



काठमाडौं, ९ जेठ । नेपाली सेनाले भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन सैनिक अधिकृतसहित पाँचजनामाथि कारबाही गरेको छ । आज बसेको समरी जनरल सैनिक अदालतबाट श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उनीहरुलाई सेवाबाट हटाउने देखि कैद र जरिवानासम्मको कारबाही गरिएको नेपाली सेनाले जनाएको छ ।

आज सेनाले विज्ञप्तितमार्फत् सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको जनाएको छ सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको मिति गत वर्षको २३ फागुनको राय सहितको प्रतिबेदनको आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्षमा पाँचजनामाथि कारबाही भएको जानकारी दिएको हो ।

महा सेनानी भुपालमान अधिकारीले श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई कसुरमा दोषी ठहरीएको सेनाले जनाएको छ । उनलाई २ महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरीने गरी सेवाबाट हटाउने निर्णय भएको छ। उनले गैर कानुनी रुपमा आर्जन गरेको एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया एघार पैसा असुल उपर गर्ने निर्णय समेत गरिएको जनाइएको छ।

प्रमुख सेनानी देव बहादुर क्षेत्रीलाई दुई वर्ष बढुवा रोक्का गर्ने र ४ लाख ४० हजार असुल उपर गर्ने सजाय सुनाइएको छ ।

हुद्धा यज्ञराज पोखरेललाई सेवाबाट हटाउने र तीन लाख साठी हजार असुल उपर गर्ने फैसला सैनिक अदालतले गरेकाो छ ।

यसैगरी हुद्धा गणेश बहादुर अधिकारीलाई दुई बर्ष तलव वृद्धी रोक्का गर्ने र दश हजार असुल उपर गर्ने फैसला भएको छ ।

लेखा सह सेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरी नगराई दोषी ठहरिएकाले नसियत दिने फैलसा भएको छ ।

सोही मुद्धामा अन्य १३ जनाले अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको जनाएको छ ।

यसैगरी, नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित सांगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्