Logo

कोरोनाविरुद्धको खोपको कुनै ग्यारेन्टी नभएको वैज्ञानिकको दाबी



एनेज्सी, ९ जेठ । एकजना अमेरिकी एचआईभी वैज्ञानिकले कोरोना भाइरस खोपको ग्यारेन्टी नभएको बताएका छन् । विश्वभर तीव्र गतीमा फैलिरहेको कोरोना संक्रमणलाइ नियन्तरण गर्न सम्पूर्ण देशहरु भाइरसविरुद्वको खोप निर्माणलाई गति दिइरहँदा एचआइभीसम्बन्धी वैज्ञानिक विलियम ह्यासेलटाइनले उक्त भाइरसविरुद्वको खोप विकास हुनेमा अन्यौल रहेकोे दाबी गरेका हुन् ।

तीब्र गतिमा फैलिरहेको कोरोना संक्रमणमा रोक लगाउन सख्त तरिकाले लकडाउन र सेल्फ आइसोलेसन एक मात्र तरिका रहेको वैज्ञानिकले सुझाएका छन् । कोरोना भाइरस मुख्य तय नाकको प्वालबाट छिर्ने गर्दछ । परिक्षण भइरहेको कोरोना खोपले भाइरसविरुद्व लड्न नसक्ने उनले जनाएका छन् । खोप निर्माण बाहेक नागरिक आफै सचेत रहेर कार्य गर्दा कोरोना संक्रमणमा कमी आउने उनको विश्वास रहेको छ ।

नागरिकले फेस मास्क, सामाजिक दूरी, वरिपरि सफा राख्ने र सेल्फ आइसोलेसनलाई आत्मसात गरेमा कोरोना रोकथाम हुने जनाइएको छ । खोपको निर्माण कार्य भइरहेको भन्ने नेताहरु भोटका लागी झुठ बोलिरहेको उनले आरेप लगाए । यस्ता प्रकारका नेताको कुरामा नलागी आफू सुरक्षीत भइ दैनिकी परिवर्तन गर्न वैज्ञानिकले सुझाएका छन् । संक्रमण सुरुभएसंगै अहिलेसम्म करिब १०० वटा खोपको निर्माण भइसकेको र कुनैपनि उपयुक्त नरहेको उनको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्