Logo

बाबुराम भट्टराईको प्रश्न : देश कता जाँदैछ ?



काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाको खतरा दिन दुईगुना रात चौगुनाले देखिरहेको औंल्याएका छन् । आज राति ट्विटरमार्फत डा. भट्टराईले यस्तो खतरा औंल्याएका हुन् ।

उनले भने-“कोरोना दिन दुइगुना रात चौगुनाले बढ्ने खतरा देखिदैछ!विदेशमा लाखौं श्रमिक अलपत्र छन्!सीमामा विना परीक्षण छोडिदैछ।मर्नेको सदगतको व्यवस्था छैन।सर्वत्र परीक्षण कीटको अभाव छ।मन्त्री नेताका घरघरमा नयाँ नक्सा बाँड्न व्यस्त छन्।अरिंगाल सेना विपक्षीहरूको हुर्मत लिन तल्लीन छ!देश कता जाँदैछ?”



प्रतिक्रिया दिनुहोस्