Logo

सगरमाथाको चुचुरोमा चीनको गतिविधि बढ्यो, आधुनिक शिविरको विस्तार (तस्बिरसहित)



एजेन्सी ९ जेठ । सगरमाथामा चीनले आफ्नो गतिविधि तीब्र पारेको छ । उक्त क्षेत्रको मापन गर्न चिनियाँ वैज्ञानिकहरु निरन्तर लागीपरेको छन् । मापन गर्ने क्रममा वसोवास गर्न अस्थाई रुपमा शिविर लगाउने गर्छन् । अस्थाई रुपमा वसोवास गर्दा पनि चिनियाँ नागरिक प्रविधि र सुवाधालाई आत्मसाथ गरेका छन् । प्रविधीलाई आत्मसाथ गरेर रमाइरहेका छन् । उनीहरु तत्काल पाँच हजार २०० कि मी माथिका क्षेत्रहरु मापन गरिरहेका छन् ।

पानी समेत पाउन कठिन हुने क्षेत्रमा चिनियाँहरुले जीम, मासाज सेन्टर र मनोरञ्जनका उपाय समेत पुर्याउन सफल भइ लाभ समेत लिइरहेका छन् । उक्त क्षेत्रहरुमा चीनले आफ्नो फाइव जीको आधार स्टेशन र सगरमाथाको मापन कार्य भइरहेको निरन्तर चिनियाँ सञ्चारमाध्यमहरुमा खबर आइरहेको छ ।

साथै सन् २०२० मा चिनियाँ प्रभावित क्षेत्रबाट शिखर चढ्ने कार्यक्रममा सहभागी हुने मानिसहरुलाई मध्येनजर राखि आधुनिक शिवरहरुको अभ्यास भइरहेको बुझिएको छ । अप्रिल ३० देखिनै चिनियाँ प्रभावित क्षेत्रमा मापन सुर भइसकेको छ । पाँच हजार मिटरमा शिविर स्थापना गरी अघिल्लो शिविर भने ७ हजार मिटरमा सोही प्रविधिहरुलाई जडान गर्न टोली जाने छ ।



प्रतिक्रिया दिनुहोस्