Logo

कोरोना भाइरसले मृत्यु भएका आफन्त चिन्न चिहानमा खोजी



एजेन्सी, ९ जेठ । कोरोना भाइरसको केन्द्रबिन्दु मानिएको इटलीमा अवस्था भयावह बनेको छ । मानिसहरु भाइरसको संक्रमणबाट अत्यधिक मर्न थालेपछि चिहानसमेत नपुगेको अवस्था छ । प्रत्येक दिन नयाँ चिहान निर्माण गरिन्छ । संक्रमित शवले समेत संक्रमण फैलाउन सक्ने कारण प्लास्टिक र विभिन्न प्रविधी प्रयोग गरी शवलाई गाडिन्छ ।

त्यसकारण आफ्न्त तथा परिवारलाई समेत शव चिन्न कठिन हुने गर्दछ । चिहानमा गडिएका शवको माथि नाम अथवा जन्मदिनको मिति लेखिएको र फूलसमेत हुने जनाइएको छ । तर, शवले संक्रमण फैलाउन सक्ने डरले शव नजिक पुगेर नाम पहिचान गर्न निकै कठिन हुने गर्दछ । यसैक्रममा हालै नव निर्मित चिहानमा मिलानबाट आएको शवलाई गडिएको जनाइएको छ । शवको परिवारको खोजी भने बाकी नै रहेको जनाइएको छ । कतिपय परिवारहरुले आफ्ना मान्छेको शवलाई लकडाउनका कारण पहिचान गर्न नसकेको जनाइएको छ ।

कुन क्षेत्रमा शव गडिएको छ भने विषय मृतक परिवारलाई समेत थाहा पाउन गाह्रो रहेको उनीहरुको गुनासो छ । कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको आफ्नो परिवारलाई भेट्ने अन्तिम इच्छा भएतापनि भेट्न नपाउनु दुर्र्भाग्य रहेको मृतकका परिवारले बताउँछन् । शव पहिचानको क्रममा लकडाउन उलङघन गरेको भन्दै शोकमा परेको परिवारलाई समेत सरकारले जरिवाना लिने व्यवस्था गरेको छ । यसले बाँचिरहेका मानिस र नयाँ पुस्तामा त्रास फैलाइरहेको छ । त्रासका कारण नयाँ पुस्तामा पर्ने मानसिक असरले अत्यधिक हानी पुर्याउने र ज्यान समेत लिन सक्ने खतरा औल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्