Logo

स्वास्थ्य सामग्री लिन चाङशा उड्यो हिमालय एयरलाइन्स



काठमाडौँ, ९ जेठ : अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको न्यारो बडी ए३२० जहाज आज साँझ चीनको चाङ्शा उडेको छ । कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन चाङ्शा उडेको हिमालय एयरलाइन्सको जहाज शनिबार काठमाडौँ फर्कने तालिका रहेको विमानस्थलका महाप्रबन्धक केसीले जानकारी दिनुभयो । चीनबाट निजी व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन हिमालयको जहाज कार्गो चार्टर्ड गरेको बताइएको छ ।

नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले बन्दाबन्दीमा चीनका विभिन्न गन्तव्यबाट स्वास्थ्य सामग्री ल्याइरहेको छ । पछिल्लो पटक चीनका बेइजिङ, ग्वाङ्जाओ, चाङ्सालगायत गन्तव्यबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ल्याइरहेका छन् । हालै निगमको वाइड बडी जहाजले ग्वाङ्जाओबाट दुई चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ल्याएको थियो । निगमको वाइड बडी जहाज भ शनिबार पनि स्वास्थ्य सामग्री लिन चीन जाने बताइएको छ । निगमका पछिल्ला तीन वटै उडान नेपाली सेनाले खरीद गरेको स्वास्थ्य सामग्री लिन चार्टर्ड गरिएको हो ।रासस File photo



प्रतिक्रिया दिनुहोस्