Logo

अफ्रिकी मुलुक ट्युनिसियाबाट फर्कियो श्री एयरलाइन्स



काठमाडौँ, ९ जेठ : श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाजले अफ्रिकी मुलुक ट्युनिसियाबाट नेपाली सेनाका एक अधिकृतको शव लिएर आजै काठमाडौँ फर्किएको विमानस्थलले जनाएको छ ।

ट्युनिसियामा शान्ति सेनाका रुपमा खटिएका ती अधिकृतको मृत्यु भएपछि उहाँको शव लिन श्री एयरलाइन्सको कार्गो चार्टड उडानको जहाज बिहीबार ट्युनिसिया गएको थियो । एक्काइस दिनअघि हृदयाघातबाट मृत्यु भएका एक अधिकृतको शव लिन संयुक्त राष्ट्र संघको खर्चमा नेपाली सेनाले चार्टर उडान गरेको बताइएको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्