Logo

पाकिस्तानमा भएको विमान दुर्घटनामा केही यात्रु बाँच्न सफल



एजेन्सी, १० जेठ । पाकिस्तानमा हिजो भएको विमान दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ । घटनामा ७ जना बाँच्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय समाचारहरुले घाइतेहरुको अस्पतालमा उपचार भइरहेको जनाएका छन् । विमान दुर्घटनामा बाँच्ने सम्भावना कमै हुन्छ । तर, डरलाग्दो दुर्घटनामा केही यात्रु बाँच्न सफल भए ।

हिजो लाहोरबाट कराँचीतर्फ चालक दलका सदस्यसहित ९९ जना यात्रु बोकेर उडेको विमान कराँचीको वस्ती नजिकै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि आगो लागेर कराँचीमा कालो धुँवा देखिएको थियो ।

दुर्घटनाको कारण खुलेको छैन । तर, इन्जिनमा समस्या भएपछि आकस्मिक अवतरण गर्न खोजिएको अनुमान गरिएको छ । वस्तीमा विमान देखिएपनि जमिनमा रहेका कसैको मृत्यु भएको छैन ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्