Logo

वर्षौपछि बाँझो जमिनमा खेती



रोल्पा, जेठ १० । कोरोना महामारी नियन्त्रणका लागि देशव्यापी लकडाउन भएयता रोल्पामा करिब दश हजार बढी स्थानीयहरु घर फर्केका छन्।

आवत जावत अलि खुकुलो भयो भने यो संख्या झनै बढ्ने छ। बिशेष गरी उपत्यकातिरका ईट्टाभट्टा र अन्य बाहिरी जिल्लामा मजदुरी गर्नेहरु रित्तो हात गाउँ फर्किएपछि उनीहरुलाई परिवार चलाउन सकस पर्ने देखिन्छ। जिल्लामा प्रयाप्त रोजगारीको अबसर नएपछि पछिल्लो समय स्थानीय तहहरुले कृर्षितर्फ जनतालाई अग्रसर बनाउने बताएका छन्।

त्यसो त यतिबेला गाउँगाउँमा बर्षौदेखि बाँझो रहेका जमिन हरियो बन्न थालेको छ। सबैले घरछेउका बारी खनजोत गरेर केहि न केहि उत्पादन गर्ने तयारी गरिरहेका छन्। ‘बर्षौदेखि बाँझो जमिन खनजोत हुन थालेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्