Logo

बन्दाबन्दीको समयमा गाउँमा बिजुली बल्यो



काठमाडौँ, १० जेठ । बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गरेका छन् ।

वडा नं ३ को ओख्लेटार गोलिवाङका १० घरधुरीमा शुक्रबारदेखि बिजुली बलेको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिएका छन् । कोभिड–१९ का कारण सरकारले लागू गरेको बन्दाबन्दीका बीच पनि केही बाँकी कामलाई निरन्तरता दिएर बत्ती बाल्न सफल भएको उनले बताएका छन् ।

हालसम्म वडा नं ३ मा ९९ प्रतिशत घरमा बिजुली बलिसकेको वडाध्यक्ष अधिकारीले बताएका छन् । असार मसान्तसम्म शतप्रतिशत घरधुरीमा बिजुली बाल्ने लक्ष्यका साथ काम गरिरहे पनि बन्दाबन्दीले विद्युत् विस्तारमा समस्या सिर्जना भएको बताएका छन् । गाउँमा पहिलोपटक विद्युत् पुगेपछि स्थानीयवासी खुशी छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्