Logo

ओली बने नरम, मोदीसँग वार्ताको पहल



काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतप्रति संसदमा बोल्ने क्रममा कडा रुपमा प्रस्तुत भएलगत्तै वार्ताका लागि पहल शुरु गरेका छन् । उनले शुरुमा भारतलाई चेतावनी दिएपनि पछिल्लो समय नरम बन्दै द्विपक्षीय वार्ताका लागि कुटनीतिक पहलको निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार कुटनीतिक माध्यमले द्विपक्षीय कुराकानीको पहल भइरहेको छ । सिमा विवादका बारेमा दुई देशबीच सम्बन्ध चिसिइरहँदा वार्ताको पहल भइरहेको बुझिएको छ ।

नेपालले सिमा विवादपछि भारतसँग कुटनीतिक माध्यमले समस्या समाधान गर्न सकिने जनाइसकेको छ । भारतीय विदेश मन्त्रालयले पनि द्विपक्षीय छलफलको वातावरण बनाउन नेपाललाई जोड दिएको छ । यसरी दुवै पक्षबीच वार्तामा जोड दिइएपनि तत्काल वार्ताको सम्भावना देखिएको छैन ।

कोरोना भाइरसको रोकथामका लागि दुवै देशमा लकडाउन भएकाले वार्ता पछिमात्र हुने सम्भावना रहेको छ । त्यसअघि पनि कुटनीतिक माध्यमले कुराकानीको पहल भने भइरहेको छ ।

ओलीले आफ्नो सम्बन्धको संयन्त्रमार्फत् भारतसँग छलफल गर्ने तयारी गरिरहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । कोभिड १९ सहज भएपछि वार्तामा बस्ने भारतको अनौपचारिक भनाईहरु आइरहेका छन् ।

लिपुलेकमा भारतले सडक मार्ग खोलेपछि नेपालले आपत्ती जनाएको थियो । लगत्तै संर्वदलीय र सर्वपक्षीय सहमतिबाट नेपालले नयाँ नक्शा जारी गरेको छ । यसलाई भारतले अमान्य हुने जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्