Logo

अहिलेका प्रधानमन्त्री ओलीले जमिन फिर्ता ल्याउनुहुन्छ : मन्त्री रावत (भिडिओसहित)



काठमाडौं, १० जेठ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमित गरेको नेपाली जमिन फिर्ता ल्याउने विश्वास दिलाएका छन् । उनले भारतसँग सम्वादमार्फत सिमा विवादको समाधान गरिने स्पष्ट पारेका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्दा भारत र भारतीय मिडियाबाट आलोचना हुन्छ भनेपनि हुन्छ त्यसमा कुनै आपत्ति नहुने बताएका छन् । उनले भने,”तर, कुरा हिजोपनि मिलेको थिएन् । आज अलिक बाहिरी रुपमा देखियो । अहिलेको सरकारले पटक पटक भन्दै आएको थियो, अथवा हामीले पनि भाषण गर्दा पटक पटक भारतको हेपाहा प्रवृत्ति भनेको हो नि, त्यो त साँचो हो नि । १८ सय किलोमिटर खुल्ला सिमा पनि छ । कहिले पूर्वको मेचीमा सिमा मिचियो, कहिले वीरगन्जमा सिमा मिचियो । कहिले नेपालगन्जमा सिमा मिचियो । कहिले महाकालीमा मिचियो भनेर विवाद त आईनै रहेको छ नि । पटक पटक सम्वादहरुपनि भए । २०५१ सालमा हाम्रो नेता मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको ९ महिने शासनकालमा, १९५० को सन्धिलगायत केही सन्धिहरु पूनारावलोकन गर्नुपर्छ र त्यसको समिक्षा गर्नुपर्छ भनेर पहिलो आवाज उहाँले उठाउनुभयो । त्यो सरकारमा अहिलेको प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री हुनुहुन्थ्यो । सिमा विवाद समाधानकोलागि अहिलेको प्रधानमन्त्रीले यो कदम चाल्नुभयो । यो कदम चालिसकेपछि राजनीतिक वृत्तमा चर्चा भएको छ । हामीले हाम्रो भूमि फिर्ता गर्न भनेको हौं ।”



प्रतिक्रिया दिनुहोस्