संक्रमित भेटिएपछि मनमोहन सेन्टरमा कन्ट्याक ट्रेसिङ सुरु


काठमाडौं, १० जेठ । मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकी एक महिलामा कोरोना संक्रमण भेटिएपछि कन्ट्याक ट्रेसिङ सुरु भएको छ। अस्पतालमा जेठ ६ गते भर्ना भएकी हेटौडाकी एक ५४ वर्षे महिलामा शुक्रबार साँझ कोरोना पोजेटिभ देखिएको थियो।

लगत्तै ति महिलालाई गणेशमानसिंह भवनको कोभिड वार्डमा सारिसकेको छ। अस्पतालका कोभिड फोकल पर्सन डाक्टर रञ्जन सापकोटाको अनुसार ति महिलासंगै उपचाररत वार्डमा कार्यरत चिकित्सक नर्स, बिरामी र तिनीहरुको आफन्तलाई कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ।

क्याथल्याब सहित कार्डियोलोजी सेवा अर्को सूचना नआउज्जेलको लागि स्थगित गरिएको छ भने संक्रमितसंगै वार्डमा राखिएका बिरामीलाई सेपरेट गरिएको छ। स्वास्थ्यकर्मी, बिरामी र कुरुवाहरु सबै गरेर कम्तीमा ३० देखि ४० जनासम्म संक्रमितको प्राइमरी र सेकेण्डरी सम्पर्कमा आएको हुन सक्ने उनी बताउँछन्।