Logo

चीनमा कोरोनाको नयाँ संक्रमणको संख्या शून्य



१० जेठ । चीनमा पहिलो पटक २४ घन्टामा कुनै पनि नयाँ संक्रमण देखिएको छैन । चीनमा कोरोना संक्रमण नियन्त्रणको संघारतर्फ अघि बढेको छ । जबकी अन्य देशमा पनि तिव्र गतिमा फैलिएको छ ।

शुक्रबार कुनै नयाँ केस नदेखिएको त्यहाँको सरकारले जनाएको छ । लकडाउनलाई कडाईका साथ पालना गरेर चीनले यसरी कोरोना नियन्त्रण गरेको हो । शुक्रबारको चिनियाँ कम्युनिष्ट पार्टीको बैठकले यसलाई महत्वपूर्ण उपलब्धी भनेको छ ।

चीनमा ८२ हजार ९ सय ७१ ज्नामा संक्रमण देखिएको छ । जहाँ चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । संक्रमित संख्यामा चीत १३ औं स्थानमा छ ।

संक्रमण नियन्त्रण हुँदै गएपछि वुहान लगायत सहरको जनजीवन सामान्य हुँदै गएको छ । तर, पनि सामाजिक दुरी र मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ ।चीनमा पछिल्लो समय विदेशबाट आएका कतिपय व्यक्तिमा संक्रमण देखिएको छ ।दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्