Logo

चीनमा पहिलोपटक कोरोना भाइरसका सुन्य संक्रमित रेकर्ड



एजेन्सी, १० जेठ । चीनमा पहिलोपटक जनवरीपछि कोरोना भाइरसका सुन्य संक्रमित रेकर्ड भएको छ । शुक्रबार पहिलोपटक कुनै संक्रमित नभेटिएको चीनले जनाएको छ ।

सुन्य संक्रमित रेकर्ड चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले कोभिड १९ सँगको लडाईंमा उपलब्धि हासिल गरेको भन्दै खुशियाली मनाएको भोलिपल्ट नै भएको हो । बितेको २४ घन्टामा दुई शंकास्पद संक्रमित मात्र देखिएका छन् ।

चीनमा गत वर्षको डिसेम्बरको अन्तमा पहिलोपटक संक्रमित पत्ता लागेका थिए । त्यसपछि जनवरीमा दैनिक संक्रमित पत्ता लागेका थिए । झण्डै चार महिनापछि पहिलोपटक कुनै संक्रमित रेकर्ड भएन ।



प्रतिक्रिया दिनुहोस्