Logo

रुसी बैकमा पाँचजना बन्धक, अज्ञात व्यक्तिद्वारा ठुलो राशीको रकम माग



एजेन्सी, १० जेठ । रुसमा एक व्यक्तिले बैंक कब्जामा लिई भवन ध्वस्त पारिदिने धम्की दिएका छन् । अज्ञान व्यक्तिले मस्कोस्थित अल्फा बैंकको कार्यालय कब्जामा लिई पाँचजनालाई बन्धक बनाएका छन् ।

रुसी समाचार संस्था तासका अनुसार भवनभित्र पाँचजनालाई बन्धकलाई मुक्त गर्न त्यहाँको विशेष टोली परिचालन भएको छ । बन्धक बनाउने व्यक्तिले हातमा अज्ञात वस्तु लिएका छन् । उनले बैंक प्रशासनसँग ठूलो राशीको रकम मागेको जनाइएको छ ।

बन्धक बनाउने व्यक्ति कुरियरमा काम गरी खानेकुरा बोकेर ग्राहको घरमा पुर्याउँछन् । उनको बारेमा वृस्तृत विवरण आउन बाँकी छ
घटनालगत्तै मस्कोको भरकनयाया सिमोमिनिचेस्केयाको सडक क्षेत्र बन्द गरिएको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्