Logo

पछिल्लो २४ घण्टामा ७ हजार ६ सय १३ परीक्षण, कुन प्रदेशमा कति ?



जेठ १०, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ४५ हजार ९ सय ५७ जनाको पिसीआर परीक्षण र ८६ हजार २ सय ३५ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ४ हजार १ सय १९ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ७ हजार ६ सय १३ वटा परीक्षण भएको छ ।

अहिलेसम्म प्रदेश एकमा १०१६९, प्रदेश दुईमा ६३०८, बागमति प्रदेशमा २१७१२, गण्डकी प्रदेशमा ७७०१, प्रदेश पाँचमा ११४८९, सुदूरपश्चिम प्रदेशमा १९ हजार ८ सय १७ र कर्णाली प्रदेशमा ९०३९ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा ३२ हजार ५ सय ८७ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा ५ सय ३५ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब १७ हजार १ सय ३० जनालाई क्वारेन्टाइनमा राखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै क्वारेन्टाइनमा ९ हजारभन्दा बढिलाई राखिएको हो ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ४७ हजार ९ सय ६९ पुगेको छ । तिमध्ये ४ सय ४४ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । रेडजोनमा रहेकाहरुको कन्टयाक्ट ट्रेसिङ गर्ने काम इपियोडोमोलोली तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको छ ।

नेपालमा आज मात्रै ७५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएका ७९ जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ । नेपालका ७७ जिल्ला मध्य कोरोना संक्रमण ४० जिल्लामा फैलिएको छ ।



प्रतिक्रिया दिनुहोस्