Logo

मनिषा कोइराला बुवा-आमासँगै मुम्बईमा, छिट्टै नेपाल आउने तयारी



काठमाडौं, १० जेठ । मनिषा कोइराला यतिवेला मिडियामा छाएकी छिन् । एक समय भारतीय चलचित्र उद्योग बलिउडमा राज गरेकी नायिका मनिषाले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने नक्सा जारी गर्नेबारे मन्त्रिपरिषदले गरेको निर्णयबारे परराष्टमन्त्री प्रदीप ज्ञवालीले खुशी व्यक्त गरेर गरेको ट्विटलाई रिट्वट गर्दै गरेको टिप्पणीका कारण उनी भारतीय मिडियाको तारो बनेकी थिईन् ।

मनिषाले लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नक्सा प्रकाशन गर्ने सरकारको निर्णयको स्वागत गदै सानो देशको स्वाभिमान राखेको प्रतिक्रिया दिएका थिईन् । उनले यो विषयमा नेपाल, भारत र चीनबीच शान्पिूर्ण र सम्मानपूर्वक सम्वाद गर्नुपर्ने पनि स्पष्ट पारेकी थिईन् ।

मनिषाको ट्विट भारतीय मिडियाका लागि असह्य भयो । उनीहरुले उनलाई भारतको खाएर चीनको गाएको पनि आरोप लगाए । मनिषामाथि भारतीय मिडियाले तुच्छ टिप्पणी गरेपछि काठमाडौं र पूरा विश्वभरि छरिएर रहेका नेपालीहरु मनिषाको पक्षमा उभिएर भारतीय मिडियालाई जवाफ फर्काएका थिए । ट्विटरमासमेत मनिषाको पक्षमा नेपालीहरु खरो उत्रिएका छन् ।

मनिषा भने यतिवेला बुवा र आमासँगै भारतको मुम्बईमा छिन् । मनिषाका बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइराला गत बैशाख १८ गते नै नेपाल आउने कार्यक्रम थियो । तर, लकडाउन सुरु भएको कारण उनीहरु मुम्बईमै अड्किए । मनिषाका बुवा प्रकाश कोइरालाले दिएको जानकारीअनुसार उनीहरु जतिसक्दो चाँडै नेपाल आउने कार्यक्रम छ । उनीहरुको साथमा छोरी मनिषापनि काठमाडौं आउँदैछिन् ।



प्रतिक्रिया दिनुहोस्