Logo

पत्नीसँग लकडाउनमा यात्रापछि बेलायती प्रधानमन्त्रीका सल्लाहकारको पद धरापमा



एजेन्सी, ११ जेठ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रमुख सल्लाहकार पत्नीसँग ४२० किमि यात्रा गरेपछि विवादमा परेका छन् । बेलायतमा लकडाउन भइरहँदा डोमिनिक कुमिङ्सले पत्नीसँग उक्त यात्रा गरेका थिए ।

आफ्ना बाबुआमासँगै बस्न भन्दै डोमिनिकले उक्त यात्रा गरेको उल्लेख छ । बेलायतमा पारिवारिक भेटघाटका लागि यात्रा गर्न बन्देज लगाइएको छ । तर, डोमिनिकले यात्रा गरेको द गार्जियन र डेली मिरर पत्रिकाले खुलासा गरेका छन् ।

प्रधानमन्त्रीकै सल्लाहकारले लकडाउन उल्लंघन गरेको भन्दै हटाउन दबाब परेको छ । उनको पद धरापमा परेको छ । विपक्षीय दलहरुले लकडाउन नियम उल्लंघन गरेको भन्दै बेलायती जनताका लागि र प्रधानमन्त्रीका सल्लाहकारका लागि फरक नियम हुन नहुने भनेका छन् ।-Photo Source: AFP



प्रतिक्रिया दिनुहोस्