Logo

रुसले कोरोना खोपको परिक्षण गर्दै



एजेन्सी ११ जेठ । रुसले कोरोना भाइरसविरुद्वको खोपको क्लिनीकल परिक्षण अगामी जुनमा गर्ने भएको छ । रुसी राष्ट्रिय अनुसन्धान केन्द्र ग्यामेली सेन्टरले भाइरसविरुद्वको खोप परिक्षण्लाई तिब्रता दिएको हो ।

खोपलाई रुसी स्वास्थ्य मन्त्रालयलले समेत स्वीकृती दिइसकेको छ । उक्त खोपको प्री क्लिनीकल परिक्षण एपस (बाँदरमा ) गरिएको थियो । परिक्षणको नतिजा साकारात्मक देखिएपछि अगामी महिना जुनमा परिक्षण गर्ने निर्यण मन्त्रालयले गरेको छ । क्लिनीकल परिक्षण भएपश्चात खोप सर्वप्रथम मेडिकल स्टाफमा प्रयोग गरिने उच्च अधिकारीहरुको भनाइ रहेको छ । क्लिनीकल परिक्षण सफल भएमा अत्यधिक जोखिमपूर्ण क्षेत्रमा उपलब्ध गराइनेछ । Photo Source:TASS



प्रतिक्रिया दिनुहोस्