Logo

नआत्तिनुहोस् ! कोरोनाविरुद्धको औषधी प्रयोग निकै सफल भयो



एजेन्सी ११ जेठ । अमेरिकामा उत्पादन हुँदै आएको औषधी रेमडिसिभिरको पछिल्लो क्लिनीकल परिक्षणले नयाँ आशा देखाएको छ । एलर्जी संक्रामक रोगहरुको राष्ट्रिय संस्थानद्वारा अनुदानमा निर्माण भइरहेको औषधी कोरोनाविरुद्व लड्न प्रभावकारी देखिएको छ ।

कोरोना संक्रमित व्यक्तिमाथि परिक्षण गर्दा उक्त औषधीले प्रतिरक्षा प्रणालीलाई बलियो बनाई कोरोनाविरुद्व केही दिनमै असर सुरु गरेको विज्ञहरुको दाबी रहेको छ । परिक्षण भने अझ जारी राखिएको छ ।

रेमडिसिभिर वायोफार्मा जिलीड कम्पनीद्वारा निर्मित औषधी हो । इबोला, मर्स र सार्स जस्ता घातक रोगविरुद्व लड्न प्रभावकारी समेत बनेको हुँदा यसलाई कोरोनाविरुद्व परिक्षण गरिएको होे । तीब्र गतीमा फैलिरहेको कोरोना संक्रमणविरुद्व यसले निकै मद्दत पुर्याउने विज्ञहरु बताउँछन् । औषधीको छ वटा प्रमुख परिक्षण भइरहेको छ । यस औषधीको परिक्षण डब्लूए्चओले समेत गरिरहेको छ । डब्लूए्चओले गरेको परिक्षणले भारतीय संक्रमित व्गक्तिमा प्रयोग गरिने जनाइएको छ । बच्चा र युवकवर्गका संक्रमित व्यक्तिमाथि प्रयोग गर्न मे महिनाको सुरुवातमा औषधीलाई अमेरिकन फूड एण्ड ड्रग प्रशासनले मान्यता दिएको थियो । औषधीले जोखिम न्यूनिकरण मात्र गर्ने भएकोले यसका साथ अरु विकल्प पनि सोच्नु पर्ने विज्ञहरुले औँल्याएका छन् । औषधीसंग प्रयोग गर्न एन्टी भाइरलक विकास हुनु पर्नेमा विज्ञहरुको जोड रहेको छ । File photo



प्रतिक्रिया दिनुहोस्