Logo

तालिबान समूह र घानीद्वारा रमजानको अवसरमा तीन दिनका लागि युद्धविराम घोषणा



११ जेठ : अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने युद्धविरामको घोषणा गरेका छन् ।मुस्लीम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् ।

आइतबारदेखि लागु हुनेगरी शनिबार राती अबेर दुवै पक्षले युद्धविराम घोषणा गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड रमजानको समापनको समय आएकाले मुस्लिम बाहुल्यता रहेको अफगानिस्तानमा दुवै पक्षले युद्धविराम घोषणा गरेका हुन् ।

तालिबान विद्रोहीको तर्फबाट युद्धविराम घोषणा गर्दै जारी गरिएको सूचनामा यस अवधिमा कुनै हिंसात्मक घटना आफ्नो तर्फबाट नहुने दावी गरिएको छ ।अफगानिस्तानमा विभिन्न विद्रोही समूह र सरकारी पक्षका विचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । द्वन्द्वका कारण हजारांैको मृत्यु भइसकेको छ भने त्यो भन्दा धेरै विस्थापित भएका छन् ।

अफगानिस्तानका दुवै पक्षले युद्धविराम घोषणा गरेकोप्रति संयुक्त राष्ट्रसंघले खुशी व्यक्त गर्दै स्वागत गरेको छ ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यसअघि भएको शान्ति सम्झौतालाई पूर्ण रुपमा पालना गर्न आह्वान पनि गर्नुभएको छ ।अहिले घोषित युद्धविरामलाई निरन्तरता दिँदै शान्ति प्रक्रियाबाट अगाडी बढ्नु पर्नेमा उहाँले जोड दिनुभएको छ । रासस File photo



प्रतिक्रिया दिनुहोस्